हेटौंडा, मकवानपुर प्रहरीले लागूऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका वडा नम्वर ८ निवासी ३३ वर्षिय चिनबहादुर डिङडुङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डमा काठमाण्डौबाट हेटौडातर्फ आउदै गरेको ना ७ ख २०१८ नं को यात्रुवाहक बसमा चेकजाँच गर्दा डिङडुङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ६ किलो ९०० ग्राम लागुऔषध चरेश फेला पारेको प्रहरीले जनाएको छ।
डिङडुङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।







