हेटौंडा/पालुङ जेसीजको अध्यक्ष पदमा संगम कार्की पदस्थापित भएका छन । शुक्रबार भएको पालुङ जेसीजको २३ औं पदस्थापन कार्यक्रमका बीच कार्की अध्यक्ष पदमा पदस्थापित भएका हुन । उनलाई बर्ष सन २०२२ का अध्यक्ष जयराम खत्रीले अध्यक्षको चेन हस्तान्तरण गरेका हुन । अध्यक्ष पदभार ग्रहण गर्दै कार्कीले आÇनो कार्यकाललाई नमूनालायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले महासचिवमा सन्जय गोपाली, कानूनी सल्लाहकार निरज रायमाझी, कोषाध्यक्ष माधव कार्की, शाखा सम्पादक सुवेन्द्रमान प्रधान, जनसम्पर्क अधिकारी बिक्रम गोपाली, तालिम आयुक्त अनिता बिष्ट, प्रकरण निर्देशक सुशान्त गोपाली, सहकोषाध्याक्ष स्मिता बिष्ट र सचिवमा नारायण तामाङलाई मनोनित गरेका छन् । शाखा अधिवेशनबाट उपाध्यक्षमा प्रकाशबहादुर चन्द, अजित कार्की, मनिष अधिकारी र अजय कार्की तथा कार्यकारिणी उपाध्यक्षमा दीपा बल र अन्जय प्रधान सर्वसम्मत चयन भएका थिए । कार्यक्रम संयोजक अनिता बिष्टको सांयोजकत्व एवम बर्ष सन २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा थाहा नगरपालिकाका मेयर बिष्णु बिष्ट आदर्शको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका निरुपित उपाध्यक्ष सोनी श्रेष्ठ, संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, थाहा नगर उपमेयर भरत गोपाली, जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्तौला, पालुङका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रस्तावित मकवानपुरगढी जेसीज अध्यक्ष पुष्पराज पुडासैनी, प्रस्तावित चैनपुर जेसीज अध्यक्ष गणेशदर्पण अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि एवम पालुङका पूर्व अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।







