नेकपा एमाले गढीमा शुभकामना आदानप्रदान


हेटौंडा, नेकपा एमाले केन्द्रीय सदस्य भारती पाठकले सुशासनकाे एजेण्डा बनाएर सरकारले मुलुकमा भाेगिरहेकाे विपत्तिकाे व्यवस्थापन गर्न नसकेकाे र समस्याप्रति सरकारकाे माैनताले मुलुक थप संकटमा पर्दै गईरहेकाे बताउनु भयाे । दलहरू र अन्य तहसंग पनि समन्वय नगर्ने, सरकारी संयन्त्र पनि प्रभावकारी सञ्चालन नगर्ने र समस्यामा गम्भीर नहुदा सरकार गैरजिम्मेवार बनेकाे बताउनु भयाे । उहाँले पार्टी नेता र कार्यकर्ता एकताबद्व भएर जनताकाे सुख र दु:खमा सहभागी बन्दै पार्टी काममा जुट्न आग्रह गर्नुभयाे ।

ADVERTISEMENT


नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले स्थानीय तहमा एमालेकाे नेतृत्व अपरिहार्य रहेकाे बताउनु भयाे । नेकपा एमालेकाे पहिलाे प्रधानमन्त्री मनमाेहन अधिकारीकाे नेतृत्वकाे ९ महिने सरकारदेखि २०७४ सालपछिकाे एमालेकाे नेतृत्वकाे केपी ओलीकाे सरकारसम्मले स्थानीय विकासलाई प्राथमिकता दिएकाे बताउनु भयाे । एमाले सरकारकाे पालामा स्थानीय स्तरमा विभिन्न पूर्वाधारहरू, शिक्षा, स्वास्थ्य, पर्यटन, उधाेग, वातावरणीय संरक्षण जस्ता क्षेत्रमा महत्वपूर्ण कार्य तिब्रताका साथ अगाडि बढाएकाे बताउनु भयाे । एमालेले जितेका पालिका र वडा अरूभन्दा अब्बल रूपमा भएकाे समेत बताउँदै सिग्देलले ती कार्यहरू जनताकाे प्रत्यक्ष सराेकारकाे विषय भएकाेले जनताकाे सबै सुखदु:खमा  एमालेका नेता कार्यकर्ता अग्रसरता रहने भएकाले स्थानीय तहमा एमाले जित्नुपर्ने बताउनु भयाे । चार्डपर्वकाे अवसरमा शुभकामना व्यक्त गर्दै मुलुक प्राकृतिक र राजनीतिक रूपमा संकट परिरहेकाे बेला मितव्ययी र सद्भावपूर्ण रूपमा मनाऔँ भन्दै नेता र कार्यकर्ता उत्साहपूर्वक पार्टीलाई टाेलटाेल र घरघरसम्म पुर्याउन जुटाैँ सिग्देलले भन्नुभयाे ।


प्रदेश कमिटीका सदस्य निर्मला लम्सालले
प्रदेश लेखा कमिटीका सचिव हरिप्रसाद कंडेलले नेकपा एमालेका नेता कार्यकर्ताले पार्टीले सरकारमा रहँदा गरेका असल कामहरूलाई व्यापक रूपमा लैजान पर्ने र पारणटी प्रति फ‌लाएकाे भ्रमलाई चिर्नुपर्ने बताउनु भयाे ।  सचिवालय सदस्य मेम्बर लाे, पालिका कमिटीका उपाध्यक्ष चन्द्र याेञ्जनले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । सचिवालय सदस्य विदुर हुँमागाई, खिलप्रसाद चाैलागाई, रामजी सापकाेटा, शारदा तिमल्सिना, निर्वाचित ३ नं. वडा अध्यक्ष भागवत घिमीरे,  ४ नं. वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनालगायतकाे उल्लेखनीय उपस्थिति रहेकाे पालिका कमिटीका सचिव राेमनाथ रेग्मीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya