बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हेटौँडा, कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आज मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

ADVERTISEMENT

कांग्रेसबाटै मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन्। सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थनसहित नेता बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए। सोहीअनुसार बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा बानियाँलाई समर्थन गर्दै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित दाबी गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *