हेटौंडा, मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । एक हजार दरको नक्कली नोट ५५ हजार रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का १८ वर्षीय सीताराम थिङ, हेटौंडा उमहानगरपालिका वडा नम्बर १४ का ३७ वर्षीय सुनील ढुंगाना, सोही स्थानका १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सीतारामको साथबाट १२ हजार, सुनीलको साथबाट ४२ हजार र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । उनीहरुसँगको सोधपुछ र अनुसन्धान गर्दा नक्कली नोटको कारोबारमा थप व्यक्तिहरु संलग्न रहेको पाइएपछि थप दुई जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
प्रहरीले सीताराम, सुनील र रोजलसँग सोधपुछका आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पनि पक्राउ गरेको हो । कारोबारमा संलग्न सुनील र रोजल बाबुछोरा रहेको प्रहरीले बताएको छ ।







