हेटौँडा, हेटौँडा–९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कुमार प्रसाद पौडेल चयन भएका छन् ।
संस्थाको उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, सचिवमा बिमलकुमार घिमिरे चयन भएको निर्वाचन उपसमिति संयोजक मुकुन्दप्रसाद अधिकारीले जानकारी दिए । यसैगरी सदस्यमा शिवहरि प्याकुरेल, तीर्थबहादुर थापा मगर, नारायण अधिकारी, ईन्दिरा कुमारी काफ्ले, केशरी श्रेष्ठ र तान्या अग्रवाल चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा गितानाथ ढुंगाना र लेखा सदस्यमा गोमा शाह र कृष्णप्रसाद दाहाल रहेका छन् ।
आगामी चार वर्षे कार्यकालका लागि माघ ५ गते निर्वाचन तय भए पनि उम्मेदवारहरूले एक–अर्कालाई समर्थन गर्दै आफ्नो मनोनयन फिर्ता लिएपछि मतदान प्रक्रियाबिनै सर्वसम्मत रूपमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन गरिएको निर्वाचन उपसमिति संयोजक अधिकारीले जानकारी दिए। नव निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले आज सपथ ग्रहण गरेका छन्।
२ हजार २ सय ६५ जना शेयर सदस्य आबद्ध रहेको यस सहकारीको शेयर पुँजी ६ करोड ६ लाख ८ हजार ५ सय रुपैयाँ रहेको सहकारीका व्यवस्थापक नवराज खनालले जानकारी दिए।







