नगर प्रमुखद्धारा पुर्वाधार अनुगमन

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा–१० मा निर्माण भैरहेको पुर्वाधारको अनुगमन गरेकी छन् ।

ADVERTISEMENT

१० नम्बर वडा कार्यालयसँगै महिला उद्यमीहरुको उत्पादनलाई बिक्रीका लागि राख्ने गरी निर्माणाधिन कोशेली घर, राप्तिरोड बाट बसपार्क तर्फ जाने सडक र बाइपास सडकको अनुगमन तथा निरीक्षण गरेकी हुन् ।

प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको ४५ लाख रुपियाँ लगानीमा निर्माण भैरहेको कोशेली घर निर्माणलाई गुणस्तरीय ढंगबाट अघि बढाउने तर्फ ध्यान दिन सुझाव दिइन् । त्यस्तै राप्तिरोडबाट बसपार्कतर्फ जानका लागि ४९ लाख रुपियाँको लागतमा निर्माण भैरहेको सडकको काम र ९ लाख रुपियाँको लागतमा बाईपास सडक मर्मतको कामलाई गुणस्तरीय ढंगबाट चाडै सक्न निमार्ण पक्षलाई निर्देशन दिइन् ।

ADVERTISEMENT

अनुगमनका क्रममा १० नम्बर वडाका अध्यक्ष फुर्वादोर्जे तामाङ वडा सचिब राम तिमल्सिना सहितको सभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya