हेटौंडा, टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार हेटौंडामा सचेतना कार्यक्रम भएको छ ।

संस्थाले हेटौंडा–११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा साईबर क्राईम, आत्महत्या दुरूस्साहान तथा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ नम्वर वडाध्यक्ष जुना दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजाल, प्रहरी निरिक्षक ॐ प्रकाश पन्डित, प्रहरी सहायक निरिक्षक संगिता लामा, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष एवम् नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, वडा समन्वय समिति, हेटौंडा–११ का अध्यक्ष यज्ञ बहादर आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न टोल विकास संस्था र विद्यालय गरी १२० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रहरी उपरीक्षक रीताराम रिजाल, निरिक्षक ॐ प्रकाश पन्डित, संगिता लामाले सहजिकरण गरेका थिए ।







