कृष्ण आदर्शको सप्ताहव्यापी स्वास्थ्य र पोषण कार्यक्रम

हेटौंडा, हेटौंडा–९ मा रहेको कृष्णआदर्श इङ्लिस सेकेन्डरी विद्यालयले स्वास्थ्य र पोषणबारे सचेतना जगाउने उद्धेश्यले सप्ताहव्यापी स्वास्थ्य र पोषण कार्यक्रम बुधबारबाट सुरु गरेको छ ।

ADVERTISEMENT

विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने उद्धेश्यका साथ विद्यालयले जेठ १ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो । एक सातासम्म विद्यालयमा सरसफाई, विद्यार्थीको स्वास्थ्य जाँच, ओैषधि वितरण, पोषण र स्वास्थ्यबारे सचेतनालगायतका कार्यक्रम गरिने विद्यालयका सञ्चालक नवीन केसीले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम जेठ ७ गतेसम्म चल्नेछ । साताव्यापी कार्यक्रमअन्तरगत जेठ १ गते पहिलो दिन कक्षा सरसफाई, व्यक्तिगत सरसफाईको कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन बुधबार किशोर अवस्थामा पोषणको महत्वबारे अभिमुखीकरण गरिएको थियो । त्यस्तै भोलि जुकाको औषधि वितरण गर्ने साथै हात धुने तरिकाबारे सिकाइनेछ । त्यस्तै विद्यार्थीको उचाई र तौल मापन गर्ने, पोषणको महत्वबारे वडा क्लिनिकबाट सहजकर्ता बोलाई अभिमुखीकरण, पोषण र स्वास्थ्यबारे हाजिरीजवाफ र निबन्ध प्रतियोगिता जस्ता रचनात्मक कार्यक्रम राखिएको सञ्चालक केसीले बताए ।

सरकारले नै हरेक वर्ष जेठ १ देखि ७ गतेसम्म विद्यालय स्वास्थ्य र पोषण सप्ताह मनाउने कार्यक्रम तय गरेकोमा कृष्ण आदर्शले यस वर्षदेखि वार्षिक क्यालेन्डरमै राखेर सप्ताहव्यापी कार्यक्रम गर्न सुरु गरेको जनाइएको छ । कार्यक्रम सफल बनाउन विद्यालयले विद्यार्थीहरुबाट छनौट गरी ११ सदस्यीय हेल्थ क्लवसमेत गठन गरेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *