पशुपतिनाथ माविका विद्यार्थीलाई शैक्षिक सामग्री

हेटौंडा, पशुपतिनाथ माविका विद्यार्थीलाई अध्ययनका लागि शैक्षिक सामग्री दिइएको छ । सिबिन नेपालको बालश्रम न्यूनीकरण परियोजनाले विद्यालयका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको हो ।  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका हुन् । अध्यक्ष कालाखेतीले मनहरी गाउँपालिकामा निर्वाचित भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरी पालिकाबासीको सरल र सहज पहुँचमा बिस्तार गर्ने नीतिका साथ काम गरिरहेका बताए ।

ADVERTISEMENT

बालबालिकाको सिकाई उपलब्धीबृद्धि गर्नका लागि पालिकाबाट कुनै कन्जुस्याईं हुन नदिने बताउँदै अध्यक्ष कालाखेतीले पशुपतिनाथ माविको भौतिक संरचना राम्रो बनेको र आगामी दिनमा शैक्षिक गुणस्तरमा क्रियाशील हुन सुझाव दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले कक्षा ६, ७, ८ मा ९० जना भन्दा बढी विद्यार्थी भर्ना भएका कारण तीनवटै कक्षामा सेक्सन बिभाजन गर्न आवश्यक रहेको र शिक्षक अभावका कारण ९७ जना विद्यार्थी एउटै कक्षामा राखेर अध्यापन गराउन समस्या भइरहेको बताए ।

मनहरी गाउँपालिका स्रोतशिक्षक बिदुर थापाले विद्यालय आफैंले समाधान गर्न नसकेको समस्यामा गाउँपालिकाले सहयोग गर्ने बताए । विद्यालय ब्यवस्थापन समिति सदस्य सीता नेपाली, बिष्णुमाया बल, कल्पना कार्की, सप्रअ सुशील गौतम, शिक्षक प्रतिनिधि ईश्वर रिजाल, सिबिन बाल हेल्पलाईनकी सहजकर्ता सुष्मिता बस्नेतलगायतका उपस्थिति रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya