कैलाशका स्वास्थ्य स्वयंसेविकालाई झोला, टर्च र छाता हस्तान्तरण

हेटौंडा / कैलाश गाउँपालिकाले ४२ जना स्वास्थ्य स्वयंसेविकालाई झोला, टर्च र छाता उपलब्ध गराएको छ । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा कैलाश गाउँपालिका स्वास्थ्य शाखाले पालिकामा कार्यरत सबै स्वास्थ्य स्वयंसेविकालाई झोला, टर्च र छाता उपलब्ध गराएको हो ।

ADVERTISEMENT

उक्त सामग्रिहरु गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले स्वास्थ्य स्वयंसेविकालाई हस्तान्तरण गरेका थिए । दिवसको अवसरमा नामटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले महिला स्वास्थ्य स्वयंसेविकाहरु पालिकाको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताए । कैलाशको गाउँघर तथा दुर्गम ठाउँहरुमा स्वयंसेविकाले पुर्याएको योगदानको उनले कदर गरे । पालिकाको तर्फबाट स्वास्थ्य स्वयंसेविकालाई थप १३ सय रुपैंया उपलब्ध गराईएको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष ठकुरीले कैलाश गाउँपालिका बालमैत्री घोषणा हुन गैरहेको सन्दर्भमा बालमैत्री सुचकांकको लक्ष्य प्राप्त गर्न स्वास्थ्य स्वयंसेविकाको निकै महत्वपुर्ण भुमिका रहने बताए । कैलाश गाउँपालिका वडा नम्वर ९ का अध्यक्ष भुवनसिं घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा संयोजक जगन्नाथ प्रसाद साह, कालिका माविका प्रधानाध्यापक रामप्रसाद कालाखेती तथा स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *