गणतन्त्र दिवसमा प्रदेश सरकारले विविध कार्यक्रम गर्ने

हेटौंडा, बागमती प्रदेश सरकारले गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ ।

ADVERTISEMENT

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् । मन्त्री श्रेष्ठले जेठ १३, १४ र १५ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउन लागेको बताएका हुन् ।

त्यसको लागि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको उनले बताए । उनका अनुसार, सो अवसरमा जेठ १३ गते सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवस सम्बन्धि विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदले मैत्रीपूर्ण खेलकुद कार्यक्रम गर्ने भएको छ ।

ADVERTISEMENT

त्यस्तै, जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम, वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण, सञ्चार रजिष्ट्रारको कार्यालयले नारायणी मलको एनएस सिनेमा हलमा लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय–कार्यालयहरुले आफ्नो परिसर सरसफाइ, प्रभातफेरी र मूल समारोहमा शैक्षिक संस्थाबाट शिक्षक तथा विद्यार्थीको सहभागिताका लागि हेटौंडा उपमहानगरपालिका मार्फत् समन्वय गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी, १५ गते नै बिहान ७ः३० बजे हेटौंडाको भुटनदेवी माविको चौरमा भेला भई स्कुल रोड–बुद्धचोक–चौकिटोल–मानस चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा व्याण्ड बाजासहितको प्रभातफेरी कार्यक्रमको पनि आयोजना गरिने जनाइएको छ ।

दिवसमा प्रदेशका सबै मन्त्रालयले आफ्नो कार्यालय परिसरमा राष्ट्रिय झण्डा फराउने, हेटौंडाको बुद्ध चोक र बसपार्कमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले झण्डा फराउने र जेठ १४, १५ र १६ गते सबै मन्त्रालय र निकायले आफ्नो वेबसाइटको हामपेजमा गणतन्त्र दिवस २०८१ भव्य रूपले मनाऔं लेखिएको ब्यानर डिस्प्ले गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya