मंसिर २२ गते हेटौँडामा गुञ्जिँदै नेपथ्य

हेटौँडा/मानवता प्रवद्र्धनको बीउ रोपिएको ठाउँ मकवानपुरको हेटौँडास्थित भुटनदेवी चौरमा आउँदो मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । हेटौडाबासीले संगीतको मजा लिने मात्रै होइन एकसाथ मानवीय सेवा पनि गर्न पाउने सुनौलो अबसर रहेको छ । जुन ठाउँमा मानवसेवा आश्रमको केन्द्रिय कार्यालय समेत रहेको छ ।

ADVERTISEMENT

अघिपछिका कन्सर्टहरुमा टिकटको शुल्क सिधै आयोजकमा जान्थ्यो तर यो पटकको टिकट मानवीय सेवामा पनि लगानी हुने भएकाले दर्शकहरुलाई एक साथ रमाइलो पनि हेर्न पाइने र समाज सेवा पनि गर्न सकिने दोहोरो फाइदा मिल्नेछ ।

हेटौडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक/रक गीतहरु प्रस्तुती रहने छ । कार्यक्रमको तयारी तिब्र भएको र टिकट विक्री थालिएको मानवसेवा आश्रम हेटौँडाले जनाएको छ ।

साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गरी बेसहाराहरुको पालन पोषण र उनीहरुका लागि निर्मित भवनलाई पूर्णता दिन मानवसेवा आश्रमले मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत मकवानपुरको यो कार्यक्रम तेस्रो हुनेछ ।

मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन (स्व. राज्य थापा स्मृति भवन) को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठ लगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । यसरी आश्रमको निर्माण कार्यलाई सम्पन्न गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र लक्ष्मीनारायण र बालगोपालहरुको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनका गर्न कन्सर्ट गर्न लागिएको अध्यक्ष रामजी अधिकारीले बताए। कन्सर्टमा सहभागि हुनका लागि मानव सेवा आश्रमको मुख्य कार्यालयबाट र अनलाइनमा थुप्रै डटकम (thuprai.com र इ–सेवा (esewaevents.com) बाट टिकट लिन सकिने छ ।

Advertisement 5

मानवसेवा आश्रम नितान्त दाताहरुको स्वेच्छिक सहयोग र स्थानीय सरकारको आंशिक सहयोगमा सञ्चालित छ। यसमा व्यक्तिले स्वेच्छाले विशेष पर्व एवं अवसरहरुमा नगद वा जिन्सी सहयोग गर्न सक्ने आश्रमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *