चित्लाङ-चन्द्रगिरि सडक स्तरीकरणका लागि नेताले थाले सामूहिक प्रयास


चित्लाङ-चन्द्रगिरि सडक स्तरीकरणका लागि आज बुधबार उत्तरी मकवानपुरका नेताले सामूहिक प्रयासको थालनी गरेका छन्। पहिलोपटक नेकपा एमाले, कांग्रेस तथा नेकपा माओवादीका नेताले सामूहिक प्रयास सुरु गरेका हुन्।

ADVERTISEMENT

मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बर्तौलाको समन्वयमा एकीकृत प्रयासको थालनी भएको हो।

आज सांसद बर्तौलासहित पूर्वसांसद रामनारायण बिडारी, सुभाषचन्द्र ठकुरी, कांग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख विष्णु विष्ट ‘आदर्श’, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडाध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचिव रामकृष्ण बस्नेतलगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यसै आर्थिक वर्षमा १० करोड बजेट माग गरेका हुन्।

टोलीले प्रधानमन्त्रीलाई ४० करोडबराबरको स्रोत सुनिश्चितता गराउन अनुरोध गरेका थिए। प्रधानमन्त्री प्रचण्डले आफूलाई चित्लाङ सडकको महत्वका विषयमा जानकारी नै रहेको बताउँदै सरकारले आवश्यक बजेट उपलब्ध गराउनेमा निश्चिन्त रहन आग्रह गरेको सांसद बर्तौलाका स्वकीय आशिष अस्लामीले बताए।

गत शनिबार मात्रै काठमाडौंबाट थानकोट–चन्द्रागिरि हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको थियो।

Advertisement 5

(स्रोतः नयाँ पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *