कार्तिक ३ गतेबाट पुरुष भलिवल प्रतियोगिता

हेटौंडा, बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजना पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि कार्तिक ३ गते देखि सुरू हुने प्रतियोगिता ५ गते समापन हुनेछ।

ADVERTISEMENT

नेपालीहरुको दोस्रो ठुलो महान पर्व शुभदिपावलीको अवसर परेर आयोजना गर्न लागिएको प्रतियोगितामा पालिकाभित्रका १२ वटा वडाबाट १२ वटा टोलीको सहभागिता रहने अनुमान आयोजकको अनुमान छ ।प्रतियोगिताको विजेता हुने टोलीले नगद ५० हजार र उपविजेताले नगद २० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

टोली दर्ता गर्ने अन्तिम मिती भोली असोज ३१ गते सोमबारसम्म रहेको बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए । उनले गाउँपालिका बाहिरका खेलाडी समावेश नगरी सम्बन्धित वडा खेलकुद विकास समितिको लेटर प्याडमा संयोजकको प्रमाणित सहित टिम दर्ताको लागि आह्वान गरेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *