हेटौँडा, हेटौँडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गरेको छ।
विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालको अध्यक्षतामा कविलास रिसोर्टमा आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्तीर्ण हुनु भएका ५५ जना विद्यार्थी मध्ये ४० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
एसईई परीक्षामा ३.९१ जीपीए हासिल गरेकी विभूति अधिकारी र ३.७८ जीपीए ल्याएका स्पन्दन तितुङले कक्षा १० सम्म अध्ययन गर्दाको आफ्नो अनुभव प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूको बिदाइ समारोहमा माध्यमिक तहमा अध्यापन गराउने सम्पूर्ण शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहायक प्रधानाध्यापक कमल नेपालले स्वागत मन्तव्य राखेका थिए भने माध्यमिक संयोजक देवेन्द्र चापागाईंले बिदाइ हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिएका थिए।






