दिवस गौलीले जित्यो लिटिल मास्टरको उपाधी

हेटौंडा, हेटौंडामा भएको लिटिल मास्टरको उपाधी तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत छात्र दिवस गौलीले जित्न सफल भएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम भएका गौलीले नगद २० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी लिटिल मास्टर प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका अनुरोज दवाडी दोस्रो र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका आरुष केसी तृतीय हुन सफल भए । यसैगरी नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयकी छात्रा प्रिसा प्रधान जुनियरतर्फ मिस ट्यालेन्टको उपाधी चुम्न सफल भइन् । जुनियरछात्रा तर्फ नवोदय शिशु सदन विद्यालयकी प्रनिशा उप्रेती दोस्रो र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयकी दृष्टि थिङ तामाङ तृतीय हुन सफल भइन् ।

यसैगरी सिनियरतर्फ सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीकी आभा पाण्डे प्रथम, सोलिड्यारिटीकै साइसा प्रधान दोस्रो र दिभ्यज्योति विद्यालयकी ज्योति प्रजा तृतीय हुन सफल भइन् । अमिर कला केन्द्रको आयोजनामा भएको लिटिल मास्टर एण्ड मिस ट्यालेन्ट नेपाल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँप्रदान गरिएका केन्द्रका अध्यक्ष अमिर बज्राचार्यले जानकारी दिए । हेटौंडामा भएको फाइनल अडिसनमा टप १५ बाट टप ५ छनौट गरी टप ५ बाट विजेता घोषणा गरिएको हो ।

प्रतियोगितामा कलाकार सबिन श्रेष्ठ, पल्पसा डंगोल, गोपाल ढकाल चन्दे, नानीकाजी डंगोल र सुगत करणजीतले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अमिर कला केन्द्रको अध्यक्ष अमिर बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानलगायतको आतिथ्यता रहेको थियो । जेष्ठ १२ गतेबाट हेटौंडामा शुरु भएको अडिसनमा १३५ जनाले सहभागिता जनाएकोमा विभिन्न चरणको छनौट पार गर्दै फाइनल राउण्डको लागि ५८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *