हेटौंडा/महिला तथा बालबालिका माथि हुने सबैखाले हिंसाका बारेमा जानकारी दिनका लागि पशुुपतिनाथ माविमा बुधबार एक कार्यक्रमको आयोजना गरिएको छ । प्लान ईन्टरनेस्नल नेपालको सहयोगमा सामुदायिक विकास संस्था (सीडीओ ) नेपालले विद्यालयका कक्षा ९ र १० का ७५ जना बालबालिकालाई अभिमुुखीकरण गरेको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, प्रधानाध्यापक भानुुभक्त आचार्य, सामुदायिक विकास संगठनका कार्यक्रम संयोजक गोबिन्द खड्का, विद्यालयका शिक्षक ईश्वर रिजाललगायतको सहभागिता रहेको थियो । माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा र हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले सहजीकरण गरेका थिए । अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि गर्ने क्रममा विद्यालय तहमा कार्यक्रम गरिएको सीडीओ नेपालका कार्यक्रम संयोजक खड्काले बताए ।
१६ दिने अभियानको नेपालमा वि.सं २०५४ सालदेखि सुरु भएको थियो । यस अवधिमा महिलाविरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिकहिंसाविरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।