राजा अंशुवर्मा र उनको शासनकाल

राजा अंशुवर्मा लिच्छवी वंशका एक महान् शासक थिए, जसले ७ औँ शताब्दीको मध्यतिर शासन गरेका थिए । उनी वि।सं। ६०४ मा लिच्छवी वंशका राजा बने । अंशुवर्मा एक सहासी, बुद्धिमान र दूरदर्शी शासक थिए, जसले आफ्नो शासनकालमा नेपाललाई समृद्ध र शक्तिशाली बनाए ।

ADVERTISEMENT

अंशुवर्माको शासनकालमा नेपालमा धेरै सांस्कृतिक, आर्थिक र सामाजिक सुधारहरू भए । उनले व्यपार र कृषि प्रणालीलाई सुधार गरे, जसले गर्दा नेपालमा आर्थिक समृद्धि आयो । उनी एक कुशल प्रशासक मात्र नभई महान् कूटनीतिज्ञ पनि थिए । उनले आफ्नी छोरी भृकुटीलाई तिब्बतका राजा सोङ्गत्सेन गम्पोसँग विवाहा गराएर नेपाल( तिब्बत सम्बन्धलाई बलियो बनाए । यस विवाहले नेपाल र तिब्बत बिचको व्यापार र सांस्कृतिक आदानप्रदानलाई वृद्धि गरायो । राजा अंशुवर्माको शासनकालमा कला, संस्कृति र वास्तुकलामा पनि ठुलो प्रगति भयो । उनले काठमाडौँ उपत्यकामा धेरै मन्दिर र स्तूपाहरू निर्माण गराए । उनको शासनकालमा निर्माण भएका कतिपय मन्दिरहरू आज पनि नेपालको सांस्कृतिक सम्पदाका रूपमा अडिएका छन् । अंशुवर्मा केवल एक महान् शासक मात्र नभएर एक विद्वान् पनि थिए । उनले ‘शब्दविद्या’ नामक व्याकरण ग्रन्थ पनि लेखेका थिए, जुन तत्कालिन साहित्यमा महत्वपूर्ण मानिने गरिन्थ्यो । यस व्याकरण ग्रन्थले त्यस बेलाको साहित्यमा महत्वपूर्ण भूमिका खेल्यो ।

राजा अंशुवर्माको शासनकाल नेपाली इतिहासमा एक स्वर्णिम युगको रूपमा चिनिन्छ । उनको दूरदर्शी नेतृत्व कुशल प्रशासन र सांस्कृतिक योगदानले नेपाललाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा स्थापित गरायो । उनको कथा आज पनि नेपाली जनताका लागि प्रेरणादायी छ र इतिहासका पानामा उनका कथा स्वर्णिम अक्षरले लेखिएकाले सबैमाझ सम्झनाको रूपमा सदैब जीवित रहिरहनेछ ।

आवर्त भट्टराई
कक्षा १०, नवोदय शिशु सदन

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *