बालजागृतिमा शैक्षिक प्रदर्शनी तथा वृहत सांस्कृतिक कार्यक्रम जारी

हेटौंडा, हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी तथा वृहत सांस्कृतिक कार्यक्रम जारी रहेको छ ।

ADVERTISEMENT

पौष २८ गतेबाट सुरु भएको शैक्षिक प्रदर्शनी तथा वृहत सांस्कृतिक कार्यक्रम अन्तर्गत आज कक्षा ४ र ५ अध्ययनरत विद्यार्थीहरूको सहभागितामा शैक्षिक प्रदर्शनी तथा वृहत सांस्कृतिक कार्यक्रम भएको छ । बुधबार विद्यालयको प्राङ्गणमा कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले विषयगत सामग्रीको शैक्षिक प्रदर्शनी गरेका थिए । साथै कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले स्टेज प्रस्तुति गर्नुका साथै साङ्गीतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । परीक्षामा उत्कृष्ट नतिजा ल्याएका र अतिरिक्त क्रियाकलापमा विजयी भएका विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीको प्रमुख आतिथ्यता रहेको थियो । विद्यार्थीहरूलाई पठन संस्कृतिको विकास गराउन र प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए ।

कार्यक्रममा प्याव्सन मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्की, नगर उपाध्यक्ष श्यामकुमार बानियाँ, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा शिक्षा अधिकृत रमेश विडारीलगायतको आतिथ्यता रहेको थियो । भोलि कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको शैक्षिक प्रदर्शनी, वृहत सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *