बकैयामा खोलामा डुबेर बृद्धको मृत्यु

हेटौंडा, बकैया गाउँपालिकामा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँडेका ७१ वर्षीय भीमबहादुर लुङ्बाको मृत्यु भएको हो ।

ADVERTISEMENT

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अनुसार माछा मार्न जान्छु भनी घरबाट निस्किएका लुङ्बा मृत फेला परेका हुन् । स्थानीय लोहजर खोलामा उनी मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घरबाट निस्किएका लुङ्बा घर नफर्किएपछि उनका छोराहरूले खोजतलास गर्दै जाँदा घरभन्दा पाँच सय मिटर पश्चिममा रहेको लोहजर खोलामा डुबेको अवस्थामा फेला पारेका थिए ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हात्तीसुडेबाट गएको प्रहरी टोलीले मुचुल्का तयार पारी अनुसन्धन प्रक्रिया अगाडि बढाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *