विद्यार्थीमा लागूऔषधबारे सचेतना फैलाउँदै मकवानपुर रिकभरिङ समूह

हेटौँडा, मकवानपुर जिल्लालाई लागूऔषधमुक्त बनाउने उद्देश्यसहित मकवानपुर रिकभरिङ समूहले आफ्नो सचेतनामूलक गतिविधि तीव्र बनाएको छ। जिल्ला लागूऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा चिनिने भएकाले जोखिम न्यूनीकरणका लागि समूहले विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेको हो।

ADVERTISEMENT

यसै क्रममा हेटौँडा उपमहानगरपालिका–६ मा अवस्थित वंशगोपाल माध्यमिक विद्यालय, सुनगाभा शिक्षा निकेतन र बालजागृति युवा वर्ष माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसन सम्बन्धी विशेष सचेतना प्रदान गरिएको छ। हेटौँडा–६ नम्बर वडा कार्यालयको सहयोग तथा मकवानपुर रिकभरिङ समूहको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो किशोरावस्थामा साथीभाइको प्रभाव वा जिज्ञासाका कारण कुलतमा फस्ने जोखिम उच्च हुने भएकाले समयमै सचेत गराउन यस्तो कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ।

कार्यक्रममा लागूऔषध दुर्व्यसनका प्रमुख कारण, यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने गम्भीर असर तथा यसबाट बच्ने उपायबारे विस्तृत जानकारी दिइएको थियो। समूहका निर्देशक सन्दिप शाक्यका अनुसार विद्यार्थीलाई लागूऔषधको जोखिमबारे सचेत बनाउँदै उनीहरूलाई नै लागूऔषधरहित समाज निर्माणका संवाहक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

ADVERTISEMENT

विगत एक दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय मकवानपुर रिकभरिङ समूहले स्थानीय तहसँग सहकार्य गर्दै विद्यालय, शिक्षक र अभिभावकलाई समेटेर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि कैलाश गाउँपालिकासँग सहकार्य गरी दुर्गम क्षेत्रमा समेत सचेतना कार्यक्रम सञ्चालन गरिसकेको संस्थाले स्थापनाकालदेखि नै दुर्व्यसन न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya