हेटौंडा, यामाहा मोटरसाइकल तथा स्कुटरको हेटौंडाका लागि आधिकारिक विक्रेता राज मोटर्समा यामाहा एक्सचेन्ज र अपग्रेड अभियान शुरु भएको छ ।

असार १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अभियानमा यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा सर्वोत्कृष्ट मूल्याङ्कन पाइने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।
‘पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा उत्तम समय हो,’ सञ्चालक श्रेष्ठले भने –‘यो अवधिमा ग्राहकले जस्तोसुकै अवस्थाका मोटरसाइकलको कम्तीमा ३० हजार रुपियाँ मूल्याङकन पाउनुहुनेछ । साथै निशूल्क स्मार्ट हेल्मेट पाउनुका साथै नगद ६ हजार रुपैयाँ समेत छुट प्राप्त गर्न सक्नुहुनेछ । ’






