सवारी अभिलेखलाई डिजिटलाइज गर्न बागमती सरकारको दरखास्त आव्हान

हेटौँडा, बागमती प्रदेश सरकारले सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको अभिलेखलाई प्रविधिमैत्री र डिजिटलाइज गर्ने तयारी गरेको हो ।

ADVERTISEMENT

मन्त्रालयले लागि डाटा इन्ट्रिकर्ता भर्ना गरी प्रदेशमा दर्ता रहेका सवारी अभिलेखको डिजिटलाईजेसन प्रक्रिया अघि बढाउने तयारी गरेको हो । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै डाटा इन्ट्रिकर्ता भर्नाका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धाद्वारा करारमा डाटा इन्ट्रिकर्ता भर्ना गरिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रालयले १०० जना डाटा इन्ट्रिकर्ताका लागि विज्ञापन गरेको छ । साथै थप ५० जना आवश्यकता अनुसार रोष्टरमा राखिने मन्त्रालयको भनाई छ । सो पदका लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिकले अनलाई मार्फत् दर्खास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

उक्त पदमा माध्यमिक तह ९१०ं २ तह० वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तीमा ३ महिना तालिम लिएका वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहमा कम्प्युटर विषय उत्तीर्ण गरेका उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिन भित्र ९असार २५ गते० दर्खास्त दिन सक्ने व्यवस्था रहेको छ ।

छनौट भएका उम्मेदवारहरूले सवारी अभिलेखको डिजिटलाईजेसन तथा आर्किभिङ सम्बन्धी कार्यविधि, २०८० मा उल्लेख भए अनुसार पारिश्रमिक उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *