घरेलु उत्पादन, कृषि उपज प्रदर्शनी कार्यक्रम हेटौंडामा शुरु

हेटौंडा, स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले हेटौंडामा दुईदिने घरेलु उत्पादन प्रदर्शनी कार्यक्रम सोमबारबाट शुरु भएको छ । हेटौंडा १० नम्वर वडा कार्यालयको आयोजनामा भएको घरेलु उत्पादन, कृषि उपज प्रदर्शनी मेला तथा सांस्कृतिक नृत्य प्रतियोगितको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् ।

ADVERTISEMENT

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, उत्पादित वस्तु स्वरोजगार सिर्जनामा सहयोग पुर्याउनुको साथै स्थानीय जातजातिका भेषभुषा झल्काउने र संस्कृति संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हेटौंडा १० नम्वर वडाअध्यक्ष फुर्वा दोर्जे लामाले बताए । हेटौंडा १० नम्वर स्थित बसपार्क परिसरमा भएको घरेलु उत्पादन प्रदर्शनीमा हेटौंडा १९ वटै वडाका घरेलु उत्पादनका ३३ वटा स्टल राखिएको उनले जानकारी दिए ।

स्टलहरु निशुल्क व्यवस्था गरिनुको साथै व्यवसायि र सहभागीहरुलाई यातायातको समेत व्यवस्था गरिएको छ । दुईदिनसम्म सञ्चालन हुने प्रदर्शनी मेलामा मङ्गलबार नृत्य प्रतियोगिता हुनेछ । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाइ ३५ हजार , तेस्रो हुनेलाइ २० हजार र सान्त्वना पुरस्कार बापत चार जनालाई ५ हजार रुपैयाँ दिइने कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

१० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति , उद्योग बाणिज्य संघ, जाल्पा देवी महिला उद्यमी केन्द्र स्थानिय कल्व, आमा समूह, विद्यालय लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा भएको हो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सांसद एकलाल श्रेष्ठ, भारती पाठक, हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya