हेटौंडा, बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२१ पथलैया चोकबाट मकवानपुरका अन्जन शाह लागूऔषधसहित पक्राउ परेका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ निवासी २८ वर्षीय शाह लागूऔषध गाँजा २६ किलोसहित बिहीबार पक्राउ परेका हुन् । उनीसँगै भारत बिहार राज्य सुमौली बस्ने ३० वर्षीय दिपक चन्द्र देव पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरुलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बा ४ च ५२७ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा बरामद भएपनि निजहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये दिपक कार चालक र अन्जन कारमा सवार थिए । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।






