जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा कल्पना र राजुको उम्मेदवारी

हेटौंडा, जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष पदमा कल्पना श्रेष्ठ र राजु गौतमले उम्मेदवारी दिएका छन् । शनिबार भएको संघको साताँै अधिवेशनबाट नयाँ सञ्चालक समिति चयन गर्ने छ ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा मिनाकुमारी चौरेल र सितादेवी भेटवाल, सचिवमा बिरेन्द्रप्रसाद ढुङ्गाना र हरिप्रसाद कडेँल, सहसचिवमा विजयकुमार बस्नेत र चुडामणी रुपाखेती, कोषाध्यक्षमा विष्णुमाया लामा र ध्रुवप्रसाद देवकोटाले उम्मेदवारी दिएको निर्वाचन मण्डलका संयोजक मदन दहालले जानकारी दिए ।

यसैगरी उत्तरी क्षेत्र सदस्यमा फणिन्द्रनाथ सुवेदी र सहदेव ढकाल, उत्तर पूर्वी क्षेत्र सदस्यमा शर्मिला महत, पूर्वि क्षेत्र सदस्यमा सिताराम दाहाल, पश्चिमी क्षेत्र सदस्यमा शंकरप्रसाद कालाखेती र राममाया नगरकोटीले उम्मेदवारी दिएका छन् ।

यसैगरी खुल्ला सदस्यमा हिमाल पौडेल, यशोदा पराजुलि, रामकेदार बस्नेत, जुना दंगाल, योगनाथ दंगाल, जानकी चौधरी, जानुका दवाडी, रामहरी तिमल्सिना, हरिमाया ढकाल अधिकारी र सिमनु अग्रवालले उम्मेदवारी दिएका छन् । यसैगरी लेखा समिति संयोजकमा श्रमिक लामा र मिठाराम दहाल, सदस्यमा कृष्ण विडारी, सुशान्त तिमल्सिना, सचिता भट्टराई र श्रीराम दहालले उम्मेदवारी दिएका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *