तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ विमोचन

हेटौंडा, मकवानपुरे अग्रज साहित्यकार तुलसी घिमिरेद्वारा लिखित गजल सङ्ग्रह ‘घामका फूलहरू’ शनिबार हेटौँडामा विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको आयोजनामा २१५ औँ गजल यात्राका साथ घिमिरेद्वारा लिखित गजल सङ्ग्रह विमोचन गरिएको हो । घिमिरेको यो तेस्रो कृति हो ।

ADVERTISEMENT

मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका अग्रज शिक्षासेवी तथा अग्रज सञ्चार उद्यमी देव श्रेषठ, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले पुस्तकको लोकार्पण गरेका हुन् । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको सङ्ग्रहमाथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए ।

कार्यक्रममा साहित्यकार स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ, हरि पौड्याललगायतले घिमिरेद्वारा लिखित गजल सङ्ग्रहबाट गजल वाचन गरेका थिए । समीक्षक घनश्याम घिमिरेले घामका फूलहरूको समीक्षा गर्दै पाको उमेरका लेखकले युवा जस्तै जोश जाँगर सहितको गजल लेखेको बताए । लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई गजलमार्फत सचित्र वर्णन गर्न सफल भएको उनले प्रतिक्रिया दिए । २०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मिएका लेखक घिमिरेका यसअघि फूलका कुरा जूनका कुरा गीत सङ्ग्रह २०७१ र माटोको मोह कविता सङ्ग्रह २०८० प्रकाशित छ । गजल सङ्ग्रहको रुपमा घिमिरेको पहिलो कृति हो । उनको सङ्ग्रहमा ७० वटा गजल समेटिएका छन् । साहित्यकार देवराज तिवारीले घिमिरेको सङ्ग्रहमा भूमिका लेखेका छन् ।

ADVERTISEMENT

२१५ ओैं गजल यात्राका सन्दर्भमा गजलकारहरु मुस्कान तिमल्सिना, मिथिला अधिकारी, डिबी वर्तौलालगायतले गजल वाचन गरेका थिए । गजलको उन्नयन र प्रवर्धनमा काम गरिरहेको गजल मञ्च मकवानपुरले हरेक महिना गजल यात्राको आयोजना गर्दै आइरहेको छ भने गजल उत्सव तथा महोत्सवका साथै विद्यालय तहमा गजल प्रशिक्षणको कार्यक्रमसमेत गर्दै आएको मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya