हेटौडा, मकवानपुरको मनहरीमा खोलामा डबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाँउपालिका वडा नम्बर ७ निवासी बर्ष ३३ को शेखर थापा रहेका छन् ।
बिहिबार दिउसो १ बजेको समयमा स्थानिय मनहरि खोलामा नुहाउने क्रममा पानिमा डबेर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एबम प्रबक्ता लक्ष्मी भण्डारीले बताए । मृतक थापाको शरिरलाई पोष्टमार्टमका लागी हेटौडा अस्पतालमा राखिएको र थप अनुसन्धान कार्य भईरहेका भण्डारीले बताए ।







