हेटौंडा, हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयको क्याप्टेनमा बिमला दहाल निर्वाचित भएकी छिन् । शुक्रबार भएको विद्यालयको स्कूल क्याप्टेनमा निर्वाचित भएकी दहाल कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । यसैगरी अमर विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा नम्रता पराजुली विद्यालयको भाइस क्याप्टेनमा निर्वाचित भएकी छिन् ।

विद्यालयको क्याप्टेनमा निर्वाचित भएकी दहालले ४९ मत र भाइस क्याप्टेनमा निर्वाचित भएकी पराजुलीले ८३ मत प्राप्त गरी विजयी भएको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् । विद्यालयको क्याप्टेनमा ६ जनाले र भाइस क्याप्टेनमा ४ जनाले उम्मेदवारी दिएका थिए । विद्यालयको मनिटरमा भएको निर्वाचनमा कक्षागततर्फ कक्षा ४ मा छात्रा सुदिना बानियाँ र छात्र अर्पण थिङ, कक्षा ५ मा छात्रा खुशी आले र छात्र राज गोले, कक्षा ६ मा छात्रा रिचा आले र छात्र सनि वाइवा, कक्षा ७ मा छात्रा स्वस्तीका गोले र छात्र जितु साह निर्वाचित भएका थिए ।

यसैगरी कक्षा ८ मा छात्रा बिपिसा विक र छात्र रज्जित गजुरेल, कक्षा ९ मा छात्रा निभा लामा र छात्र विनायक अर्याल, कक्षा १० ए मा छात्रा ईशा जिम्बा र छात्र प्रवेश हटुवाल र कक्षा १० बी मा छात्रा सविना थिङ र छात्र नारायण अधिकारी निर्वाचित भएको विद्यालयको सहायक प्रधानाध्यापक डीबी बर्तौलाले जानकारी दिए । विद्यालयको चौतर्फी विकासमा बालबालिकाहरूको समेत महत्वपूर्ण भूमिका रहने भएकोले कक्षाभित्र र बाहिर हुने विभिन्न गतिविधिहरुमा बालबालिकाहरुको प्रत्यक्ष सहभागिता गराउन तथा सामाजिक विषयमा रहेको निर्वाचन सम्बन्धी विषयवस्तुलाई गरेरै सिक्ने वातावरण निर्माण गर्नका लागि र निर्वाचन सम्बन्धी सामान्य प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक उप्रेतीले बताइन् । मनिटर निर्वाचनमा विद्यालयका सहायक प्रधानाध्यापक डीवि बर्तौला निर्वाचन अधिकृत, शिक्षक प्रमिता विडारी र औलामा मसी लगाउन र मतपत्र दिनमो श्रृजना खतिवडाले भूमिका निर्वाह गरेका थिए ।

विद्यालयको क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचनमा मतदान अधिकृत सहायक प्रधानाध्यापक विश्वराज भण्डारी रहेका थिए भने ज्ञानु पौडेलले मसी लगाउने र मतपत्र वितरणमा सन्दिपा विडारीले भूमिका निर्वाह गरेका थिए । विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन र मनिटरका लागि २६४ जनाले मतदान गरेकोमा १० भोट बदर भएको थियो ।