कर बृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलन गर्ने

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । करवृद्धिको विरोधमा उद्योग वाणिज्यसंघले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

उपमहानगरपालिकाले कर बृद्धी गरेपछी बाध्य भएर आन्दोलनका कार्यक्रम गर्नु परेको मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए । चरणवद्व आन्दोलनको आज पहिलो दिन श्रावण २८ गते बस्तुगत संघका अध्यक्षहरु तथा विभिन्न राजनीतिक दल निकटका व्यापार व्यवसाय संग सम्बन्धीत भात्संगठन ता सहकारी संघ संस्थाका प्रतिनिधिहरुसंग आन्दोलनको विषयमा छलफल कार्यक्रम व्यापारी भेला गरि आन्दोलनको तयारीको विषयमा छलफल तथा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिएको थियो।

श्रावण २९ गते कर अवज्ञाको विषयमा आम सर्वसाधारणलाइ कर नतिर्नको आव्हान गर्दै माइकिग गर्ने तथा प्रचार प्रशार गर्ने गराउने र विभिन्न संघ संस्था, प्रदेश सरकार, राजनैतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारमा ज्ञापन पत्र बुझाउ तथा विभिन्न क्षेत्र संग अन्तर्कृया गरिने छ ।

श्रवण ३० गते बुद्धचोक, मउवा संघ चोक लगायतका स्थानमा हस्ताक्षर संकलन, १ घन्टा हेटौडा उपमहानगरमा शान्तिपुर्ण धर्नारविरोध स्वरुप विभिन स्थानमा कालो व्यानर राब्बी नगरले गरेको कर वृद्धिको विरोध गरिने छ। श्रावण ३१ गते हेटौडा नगरमा २ घन्टा शान्तिपूर्ण धर्ना, व्यापार व्यवसायी विरोधी हेटौडा नगर सरकार खोज्दै मैनबत्ती जुलुस गरिने छ।

श्रावण ३२ गते हेटौडा नगरमा विरोध याली सहित आआफ्‌नो व्यापार व्यवसाय स्व स्फुर्त बन्द गरि हेटौडा उपमहानगरमा चाबी बुझाउदै नगरपालिक परिषरमा कोण सभा गरि पहिलो चरणका कार्यक्रम समापन गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *