पूर्ण छात्रवृत्तिसहित भुटनदेवी माविमा भर्ना खुल्यो

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ का लागि भर्ना प्रक्रिया सुरु गरेको छ। विद्यालयले विज्ञान, व्यवस्थापन तथा तीन वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ कार्यक्रमहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न स्तरका छात्रवृत्तिसहित भर्ना खुला गरेको हो।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालका अनुसार यस वर्षको एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिदेखि आंशिक शुल्क छुटसम्मको सुविधा प्रदान गरिनेछ। जिपिए ३.६१ वा सोभन्दा माथि ल्याउने विद्यार्थीले भर्ना शुल्क र मासिक शुल्कमा पूर्ण छुट पाउनेछन्। त्यस्तै जिपिए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीले मासिक शुल्कमा पूर्ण छुट प्राप्त गर्नेछन्।

जिपिए २.८१ देखि ३.२० ल्याउने विद्यार्थीलाई भर्ना शुल्क र मासिक शुल्कमा ५० प्रतिशत छुट दिइनेछ। त्यसैगरी, जिपिए २.४१ देखि २.८० ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। जिपिए १.६० देखि २.४० सम्म ल्याउने विद्यार्थीहरूलाई मासिक शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

गुणस्तरीय शिक्षा, प्राविधिक दक्षता र व्यवहारिक ज्ञानलाई जोड दिँदै आएको विद्यालयले अध्ययनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार पारिएको प्रधानाध्यापक दाहालले बताए। इच्छुक विद्यार्थी तथा अभिभावकलाई तोकिएको समयभित्र विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya