हेटौंडा, आगामी भदौ २४ गतेबाट हेटौंडामा तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’भन्ने नारासाथ रोटरी क्लब अफ मकवानपुरको आयोजना तथा सहआयोजक पिप्ले युवा क्लब र रोटर्याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् रोटरी क्लब अफ मकवानपुर अध्यक्ष अनिल अग्रवालले हेटौंडा-५ स्थित पिप्ले रंगशालामा भदौ २४ गतेदेखि ३१ गतेसम्म हुने प्रतियोगिताबारे जानकारी दिएका थिए । प्रतियोगितामा देशका विभिन्न स्थानबाट १६ क्लबले सहभागिता जनाउने छन् ।हेटौंडा भेट्रान्स क्लब, सिमरा भेट्रान्स क्लब, वीरगञ्ज एकाडेमी भेट्रान्स क्लब, निजगढ भेट्रान्स क्लब, पुर्वेली भेट्रान्स क्लब, फ्रिडमफाइटर भेट्रान्स क्लब, अभिषेक चर्च भेट्रान्स क्लब, रोटरी पिप्ले भेट्रान्सले सहभागिता जनाउने छ । नागस्वती भेट्रान्स क्लब, नवजागृति भेट्रान्स क्लब, युनिटी भेट्रान्स क्लब, हरिवन भेट्रान्स, सानोगौचरण नाइटकिङ भेट्रान्स, चितवन भेट्रान्स र पोखरा भेट्रान्स क्लब पनि सहभागी हुनेछन् । प्रतियोगिताका लागि अनुमानित खर्च १६ लाख १८ हजार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख छ । सर्वश्रेष्ठ प्रशिक्षकलाई १० हजार, सर्वश्रेष्ठ खेलाडीलाई ५ हजार, सर्वश्रेष्ठ किपरलाई ५ हजार, सर्वश्रेष्ठ डिफेन्सलाई ५ हजार, सर्वश्रेष्ठ मिडफिल्डरलाई ५ हजार र सर्वश्रेष्ठ फरवार्डलाई पुरस्कार ५ हजार छ । रोटरी क्लब अफ मकवानपुरको जलन प्राथमिक उपचार केन्द्र ९आगोले पोलेकारुको तत्काल उपचार गर्ने० निर्माण अभियानलाई सहयोग होस् भन्ने भावनाले आर्थिक संकलन हेतुले धेरै वर्षको अन्तरालमा प्रतियोगिता गर्न लागेको क्लब अध्यक्ष अग्रवालले बताए ।
मुख्य प्रायोजकका रुपमा हेटौंडा उपमहानगरपालिका र सहप्रायोजक हेटौंडा स्कुल अफ मेनेजमेन्ट रहेको प्रतियोगितामा १९ वटै वडा, गाउ“पालिका र विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ४० वर्षमाथिका खेलाडीको सहभागिता रहने छ । प्रथम र दोस्रो राष्ट्रिय भेट्रान्स कप ८ ॅए’ साइड फुटबल प्रतियोगिता २०७२ र २०७३ को विजयी क्लब चितवन भेट्रान्स क्लब थियो ।






