हेटौंडा बचतको निःशुल्क स्वास्थ्य शिविर हुने

हेटौंडा, हेटौंडा बचत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा चैत्र २ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । काठमाडौं शिक्षण अस्पताल र लायन्स तथा लियो क्लब भक्तपुर सिद्धकालीको प्राविधिक सहयोगमा एक दिने वृहत् स्वास्थ्य शिविर हुन लागेको हो ।

ADVERTISEMENT

शिविर हेटौंडा ७ मा रहेको नागश्वती शहरी स्वास्थ्य केन्द्र प्राङ्गणमा सञ्चालन हुनेछ । शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग, नाक कान घाँटी , हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवाका साथै ल्याब, इसिजि र भिडियो एक्सरे सेवा समेत उपलब्ध हुने सहकारीका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । शिविरमा बिरामिको जाँचका साथै आवश्यक औषधि समेत निशुल्क वितरण गरिने छ । शिविर बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।

सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा विविध कार्य गर्दै आएको छ ।हेटौंडा ७ नागश्वतीमा मुख्य कार्यालय रहेको सहकारीले ३ वटा सेवा केन्द्र मार्फत् थप सेवा उपलब्ध गराउँदै आएको छ । ६ हजार ६ सय ९३ सेयर सदस्य आबद्ध रहेको यस संस्थाको माघ महिना सम्मको कारोबार ६६ करोड ३८ लाख रहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya