हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौ ८ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे बालमैत्रीका लागि पुरा गर्नुपर्ने सूचकहरु पुरा गरेर बालमैत्री वडा घोषणाको तयारी गरिएको अध्यक्ष तामाङले बताए । जानकारी दिए । उनले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुचकमध्ये बालमैत्रीका लागि पुरा गर्नुपर्ने सूचकहरु पुरा गरेर बालमैत्री वडा घोषणाको तयारी गरिएको अध्यक्ष तामाङले बताए । उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष तामाङले बताए । हेटौंडा उपमहानगरपालिकामा रहेको हेटौंडा–८, हेटौंडा–२ र हेटौंडा ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।







