कविता प्रतियोगितामा हेटौंडा एकेडेमीका रोज कार्की प्रथम 

हेटौँडा, आदिकवि भानुभक्त आचार्यको २१२अ‍ौँ जन्मजयन्तीको अवसरमा साहित्य सङ्गम मकवानपुरले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा हेटौँडा एकेडेमीका रोज कार्की प्रथम हुनुभएको छ ।

ADVERTISEMENT

जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित कार्यक्रममा बालजागृति इङ्लिश सेकेण्डरी स्कुलकी आश्रिका न्यौपाने द्वितीय, अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई तृतीय र गोरक्षनाथ माविकी छात्रा इन्दिरा विश्वकर्मा सान्त्वना हुनुभएको हो ।

पुरस्कृत प्रतियोगीहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वनाका लागि सम्मानपत्रका साथमा क्रमश: २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत चारैजना कविहरूलाई जनप्रिय माध्यमिक विद्यालयमार्फत् एकएक प्रति कविताका पुस्तकहरू पुरस्कार प्रदान गरिएको थियो भने नगद पुरस्कार साहित्यसेवी सुमन गौतमले उपलब्ध गराउनुभएको हो ।

भानुभक्त आचार्य प्रतिष्ठान बागमती प्रदेशका संयोजक हयग्रीव आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा झसाप अध्यक्ष विश्वनाथ सन्जेल, नेलेसं मकवानपुरका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवान प्रकाश सचिव सुवास सजल, मूर्तिकार ओमभक्त भण्डारी आदि अतिथि रहनुभएको थियो ।

विव्यस अध्यक्ष मोहन प्रसाद बस्ताकोटी, सदस्यद्वय इन्द्र प्रसाद खतिवडा र गोविन्द दुलालका साथै प्रअ भूपेन्द्र चौलागाईं, नेपाली भाषा समिति मकवानपुरका उपाध्यक्ष अनिता तिमल्सिनाको आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष बस्ताकोटीले साहित्यसँग मकवानपुरले विश्वास गरी कार्यक्रम आयोजना गरेकोमा आउँदा दिनहरूमा समेत यस्ता कार्यक्रमका लागि सहकार्य गर्न विद्यालय तयार रहेको बताउँदै प्रतियोगीहरूलाई बधाईका साथ उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा निर्णायकद्वय घनश्याम घिमिरे र देवीराम लामाका साथै भानुभक्तका परिचर्चाकार सुनिल गौतम, जनप्रिय मावि, जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलगायतलाई मायाको चिनो प्रदान गरियो ।

सङ्गमका सदस्य संप्रस पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा भानुभक्त आचार्य बारे साहित्यकार सुनिल गौतमले परिचर्चा गर्नुभयो भने कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *