हेटौँडा, उपभोक्ताहरूलाई सस्तो र सहुलियत दरमा जुत्ता उपलब्ध गराउने उद्देश्यले पब्लिक फुटवेयर प्रालिले जुत्ता बम्पर अफर मेला सञ्चालन गरेको छ ।
हिन्दूहरूको महान चाड विजयादशमीको अवसर पारेर असोज ६ गतेदेखि छठ पर्वसम्म हेटौँडाको अस्पताल गेटअगाडि मेला सञ्चालन भइरहेको कम्पनीका सञ्चालक रण दुलालले जानकारी दिए ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र देशभित्रै रोजगारी सृजना गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा बालकदेखि वृद्धसम्मका लागि उपयुक्त जुत्ता उपलब्ध रहेको उनले बताए । बजार मूल्यभन्दा २० प्रतिशत छुटसहित ५ सयदेखि २ हजार रुपैयाँसम्मका जुत्ता विक्रीमा राखिएको उनले बताए ।
पब्लिक फुटवेयर प्रालिले उत्पादन गरेका जुत्ता हेटौँडासहित नारायणगढ, पोखरा र गाइघाटसम्म वितरण हुँदै आएको कम्पनीले जनाएको छ ।






