खबरदार नेपाल सरकार

प्लेनमा चढे क्र्यासः हुने चिन्ता
गाडीमा चढे त्रिसुलीमा बग्ने चिन्ता
रङ लगाएर कति नयाँ देखाउँछौ
एकदिन भन्दै सबैको ज्यान लिएर जान्छौ

ADVERTISEMENT

बाटो बनाउछु भनेको ३-४ वर्ष भयो
निर्माण नभएका कारण बाटोमा बस खस्यो
कति खान्छौ पैसा, कति दिन्छौ पीडा
नागरिकको मन बुझ्न नसक्ने तिम्रा ढोंग

नागरिक भएर १ दिन बस थाहा पाउछौ पीडा
हट्छ तिम्रो घमण्ड र घृणा
मरेको देखेर खुसी हुन्छौ भने लिउ ज्यान
किन गर्छौ नाटकीय व्यवहार

कति नाटक गर्छौ तिमी बन्नलाई ठुलो
राज थाहा पाएपछि बन्छौ मुसा र लुक्छौ
खबरदार जनताको आवाज उठ्नेछ एकदिन
त्यो पल आएपछि हुन्छ तिम्रो दुर्गति

आफैँ देश विकास गर्न अघि बढ सरकार
एकदिन होला सुन्दर शान्त नेपाल खाडी मुलुक

Advertisement 5

अंश लाल श्रेष्ठ
कक्षा ८, नवोदय शिशु सदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *