हेटौंडा–१० बालमैत्री वडा घोषणा

हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक समारोहका बीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले वडालाई निकृष्ट बालश्रममुक्त र बालविवाहमुक्त बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन् ।

ADVERTISEMENT

वडालाई बालमैत्री घोषणा गर्नका लागि आवश्यक ५१ वटा सूचकहरुमध्ये ४९ सूचकहरु शत्प्रतिशत, एउट सूचक ९५ प्रतिशत र एउटा सूचक ८१ प्रतिशत पूरा गरेको वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताए । वडामा रहेका १० वटा बाल समूह र एउटा बाल सञ्जालमा करिब दुई सय ५० जना बालबालिका र विभिन्न संरचनागत समितिहरुमा पाँच सय १३ जना बालबालिकाहरु रहेको उनले बताए । यसअघि हेटौँडा उपमहानगरपालिकाको १, २, ७, ८ र १७ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *