जिल्ला लिग प्रतियोगितामा साविक विजेता डाँफेको विजयी सुरुवात

हेटौंडा, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आजबाट हेटौंडामा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा साविक विजेता डाँफेले महावीर क्लव हेटौंडालाई ७–० को गोल अन्तरले पराजित गर्न सफल भयो । डाँफेको तर्फबाट सुशान्त तामाङले दुई तथा अभिषेक बल तामाङ, निश्चल थापा, रितेश श्रेष्ठ, बोधकुमार वाइबा र राजिव डिमडुङले समान एकरएक गोल गर्न सफल भए ।

ADVERTISEMENT

महावीरले खेलमा खासै गतिलो मौका सृजना गर्न सकेन । खेलको म्यान अफ द म्याच डाँफेका सुशान्त लामा घोषित भए । भाद्र १५ गते सक्षम युवा क्लव र हेटौंडा भेट्रान्स, आरआर एफसी र एफसी ईन्टरनेट, परेली युवा क्लव र विजय यूथ तथा गोर्खा ब्वाइज क्लव र एफसी ईन्टरनेट सिटीको बीचमा खेल हुने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले गरेकी हुन् । हेटौंडा ११ कोे सिमलटार खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, ६ नम्बर वडा अध्यक्ष विष्णु दाहाल, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, १७ का अध्यक्ष उद्धव सत्याल लगायतको आतिथ्यता रहेको थियो । लिगको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुका साथै प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी पहिलो पटक नयाँ शैलीमा जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ७ वटा क्लव रहेका छन् । प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *