छैटौं उपमेयर कप ब्याडमिन्टनको उपाधि रोशन–मधुसूदनको जोडीलाई

हेटौँडा, थाहा नगरपालिका–४ स्थित क्याम्पाडाँडाको ब्याडमिन्टन कभर्डहलमा सम्पन्न छैटौं संस्करणको उपमेयर कप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिता रोशन गोपाली र मधुसूदन चौधरीको जोडीले जितेका छन्।

ADVERTISEMENT

फाइनल खेलमा साविक विजेता नरेन्द्र र देवको जोडीलाई पराजित गर्दै रोशन–मधुसूदनले उपाधिसँगै नगद रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। गत संस्करणका विजेता नरेन्द्र र देव यसपटक उपविजेतामा सीमित रहँदै नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सुनिल विष्टले जिते। उनले नगद रु ५ हजारसहित ट्रफी प्राप्त गरे।
त्यस्तै, सान्त्वना पुरस्कार भने सुनिल–नवीन र नरेन्द्र–इसाकको जोडीले प्राप्त गरे। उनीहरूलाई नगद राशिसहित मेडल प्रदान गरिएको थियो।

ADVERTISEMENT

१४ टिमको सहभागिता रहेको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले विजेता टिम तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *