हेटौंडा, हेटौंडास्थित होटल स्मारकमा ‘लिडरशिप कन्क्लेभ २०२६’ आयोजना हुने भएको छ। जेसीआई हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हुने उक्त कार्यक्रमले युवामा नेतृत्व क्षमता विकास गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सांसद माननीय निश्चल राईको उपस्थिति रहनेछ। साथै, जेसीआई २०२६ की उपाध्यक्ष रजनी थापा र मिस नेपाल अर्थ २०१८ तथा सामाजिक उद्यमी प्रिया सिग्देल प्यानलिस्टका रूपमा सहभागी हुनेछन्। कार्यक्रमको सहजीकरण प्रसुज मैनालीले गर्नेछन्।
कार्यक्रमअन्तर्गत स्वागतम् राज प्याकुरेल र विधान राजभण्डारीद्वारा कथन (स्टोरी टेलिङ) सत्र सञ्चालन गरिनेछ भने अर्पण पराजुलीद्वारा नेतृत्वसम्बन्धी कार्यशाला पनि आयोजना गरिनेछ।
आयोजकका अनुसार कन्क्लेभले सहभागीहरूलाई प्रेरणा दिने, अनुभव आदानप्रदान गर्ने तथा नेतृत्व विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।







