मनहरीको बजेट ९० करोड १३ हजार


हेटौंडा, मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रश्तुत गरेको छ ।

ADVERTISEMENT

सोमबार गाउँसभामा बजेट प्रश्तुत गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले आन्तरिक आयस्रोत तथा बैंक नगद अल्याबाट ३० करोड २७ लाख ९४ हजार ७ सय ९९ रुपैयाँ, संघीय सरकारको वित्तिय समानीकरण अनुदान, राजश्व वाँडफाँट, समपुरक, सशर्त र विशेष गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर वाँडफाँट सशर्त, समपुरक र विशेष गरी ६ करोड २८ लाख १० हजार ४ सय तथा बाँकी १८ करोड ७ लाख ५२ हजार ८ सय १ रुपैयाँ संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर, वन रोयल्टी तथा अन्य निकायबाट प्राप्त हुने अनुमान गरिएको उल्लेख गरेकी हुन् ।

व्ययतर्फ संघीय सरकारको सशर्त र समपुरक गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समपुरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख, प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार ९९ खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *