खसी कप फुटबल उपाधीको लागि पिप्ले भेट्रान्स र फ्रीडम ब्वाईज भिड्ने

हेटौंडा, हेटौंडामा जारी खसी कप ८ ए साइड फुटबल प्रतियोगिताको उपाधीको लागि पिप्ले भेट्रान्स र फ्रीडम ब्वाईज भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल असोज २२ गते दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु मधुरिमा युथ क्लब, सिचाई टोललाई ३–० को गोल अन्तरले पराजित गर्दै फ्रीडम ब्वाईज फाइनल प्रवेश गरेको हो । यसैगरी आज भएको दोश्रो सेमिफाइनल खेलमा रत्नकालि क्लब, राईटोललाई ५–० को गोल अन्तरले पराजित गर्दै पिप्ले भेट्रान्स पनि फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिता बिजेता टिमले ३० केजिको खसी, उपविजेताले २० केजीको खसी र उत्कृष्ट तथा सर्वाधिक गोलकर्ता खेलाडीले लोकल कुखुराको भाले उपहारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ द म्याचलाई पनि एउटा भाले प्रदान गरिने छ । क्लबले बिगत ३० वर्षदेखि वडा दसैंको अवसरमा खसी कप प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *