२८ जनाले गरे रक्तदान

हेटौंडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साईन्सेजमा रहेको सोसल सर्भिस क्लव र रोट¥याक्ट क्लव अफ मकवानपुरको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा ५ महिला र २३ पुरुष गरी २८ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । सोसल सर्भिस क्लवका अध्यक्ष रविना घिमिरेले रगतको अभावमा कसैलेपनि ज्यान गुमाउन नपरोस् भन्ने उद्दश्यले रोट¥याक्ट क्लव अफ मकवानपुरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् ।

कार्यक्रममा कार्यक्रम हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साईन्सेजका सहप्रधानाध्यापक राम पण्डित खनाल, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवाल, रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष प्रतिक्षा न्यौपाने, प्रदीपकुमार राई, निवर्तमान अध्यक्ष राजन कटुवाललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button