सामान सार्न डिभिजन सडकको आग्रह


हेटौंडा, डिभिजन सडक कार्यालय हेटौंडाले सडक विस्तार हुने क्षेत्रमा रहेको स्थायी तथा अस्थायी संरचना हटाउन र त्यसमा रहेका सामान सार्न अनुरोध गरेको छ । बिहीबार बिहान माइकिङका साथै बजार क्षेत्रको मुख्य स्थानहरुमा ब्यानर राखेर सामानहरु हटाउन सूचना जारी गरेको हो ।

ADVERTISEMENT

सडक विभाग, डिभिजन सडक कार्यालयले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेदेखि बुद्धचोक र राप्तीपुल सम्म सडकको केन्द्रबाट २५/२५ गज कायम भएको सूचना जारी गरिसकेको स्मरण गराउँदै उक्त क्षेत्रभित्र बनेका स्थायी तथा अस्थायी घर टहरा तथा अन्य संरचना हटाउन अनुरोध गरेको छ । सडक क्षेत्रमा पर्ने घर, टहरा, पसल तथा व्यवसायहरु १५ गतेभित्र हटाउन सूचना जारी गरिएको डिभिजन सडक कार्यालय हेटौंडा प्रमुख राजेश यादवले जानकारी दिए ।

सडक कार्यालयले असार १० गते राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरी सडक विस्तार हुने जानकारी गराएको थियो । वर्षौैंदेखि अन्यौलमा रहँदै आएको सडक विस्तार अभियान यसपटक भने अघि बढ्ने संकेत देखिएको छ । हेटौंडा उपमहानगरपालिकाले नगरसभाबाटै सडक विस्तारका लागि सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरिसकेको छ भने जिल्लाका राजनीतिक दलले पनि क्षतिपूर्ती नपाएकाहरुलाई उचित क्षतिपूर्ती तथा व्यवसायीको उचित व्यवस्थापन गरी सडक विस्तार गर्नुपर्ने निर्णय गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले भने क्षतिपूर्ती दिएर मात्रै सडक विस्तार गर्नुपर्ने माग राख्दै आएको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी रहेको समयमा हेटौंडाको सडक विस्तार अभियान सुरु भएपनि पछि रोकिएको थियो । त्यसपश्चात पनि डिभिजन सडक कार्यालयले पटक पटक सडक विस्तारको सूचना निकाल्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *