जिल्ला सहकारी संघको १९ औँ साधारण सभा सम्पन्न

हेटौंडा/मकवानपुर जिल्ला सहकारी संघ लिमिटेड हेटौंडाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बागमती प्रदेश सरकार, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौंलाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले बार्षिक नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन सहित कोषाध्यक्ष बिमलकुमार ढकाल २०७९/०८० को लागि ४ करोड २७ लाख २६ हजार २ सय ५३ रुपैंया बराबरको अनुमानित बजेट समेत पारित गरेको छ । साधारण सभाकै अवसरमा संघको कार्यक्रम संयोजकको रुपमा कार्यसम्पन्न गरेका शिवहरि दाहाललाई दोसल्ला ओडाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

साधारण सभामा राष्ट्रिय सहकारी माहासंघका पुर्व सञ्चालक एबं संघका निवर्तमान अध्यक्ष बद्रिप्रसाद लम्साल, केन्द्रीय कृषि सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक एवं कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष महेश्वर सुवेदी, प्रदेश सहकारी संघका सञ्चालक मेनुका दहाल, प्रदेश सहकारी संघका सञ्चालक बिमलकुमार ढकाल, प्रदेश कृषि सहकारी संघका सञ्चालक बिमला कार्की, जिल्ला बहुउद्देशीय सहकारी संघ मकवानपुर अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सचिव विरेन्द्रप्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैक लि. हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *