चाडपर्व लक्षित किताबघरको छुट अफर

हेटौँडा, हेटौँडा–४ भैरबरोडस्थित किताबघरले चाडपर्वलाई लक्षित गर्दै बडादसैं पुस्तक मेला आयोजना गरेको छ। असोज १ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने मेलामा पुस्तकमा न्यूनतम १५ देखि २० प्रतिशतसम्म छुट प्रदान गरिएको किताबघरले जनाएको छ।

ADVERTISEMENT

मेलामा नेपाली तथा अंग्रेजी भाषामा हालसालै प्रकाशित पुस्तकहरू बिक्रीमा राखिएका छन्। साथै बालबालिकाका लागि रोचक तथा ज्ञानवर्द्धक चित्रकथाहरू समेत उपलब्ध हुनेछन्।

किताबघरका सञ्चालक छवि अनित्यका अनुसार मेलाले पाठकलाई नयाँ पुस्तकप्रति आकर्षित गर्ने र चाडपर्वलाई ज्ञानमूलक बनाउने उद्देश्य लिएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *