गृह मन्त्रालयको अनुदानमा हेटौँडाको सिआन पुनर्स्थापना केन्द्र छनोट

हेटौँडा, हेटौँडास्थित सिआन पुनर्स्थापना केन्द्र गृह मन्त्रालयद्वारा प्रदान गरिने आर्थिक सहायता (अनुदान) कार्यक्रमका लागि छनोट भएको छ। गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले प्रकाशित गरेको सूचना अनुसार देशभरबाट आवेदन दिएका १६ वटा पुनर्स्थापना केन्द्रमध्ये सिफारिसका आधारमा अन्तिम रूपमा तीन वटा केन्द्र छनोट गरिएको हो।

ADVERTISEMENT

मन्त्रालयको निर्णय अनुसार हेटौँडा उपमहानगरपालिका–९, मकवानपुरमा रहेको सिआन पुनर्स्थापना केन्द्रलाई स्वास्थ्य सेवा सुदृढीकरण शीर्षक अन्तर्गत १ लाख अनुदान प्रदान गरिने भएको छ। केन्द्रको कार्यसम्पादन, सेवा प्रवाह तथा पुनर्स्थापना क्षेत्रमा गरेको योगदानको मूल्यांकनपछि उक्त अनुदानका लागि छनोट गरिएको सूचनामा उल्लेख छ।

यसैगरी झापास्थित समृद्धि प्रतिष्ठान नेपाल र शुभारम्भ प्रतिष्ठान नेपाल पनि अनुदान प्राप्त गर्ने संस्थाको सूचीमा परेका छन्। मन्त्रालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी अनुदान सम्झौताका लागि सम्पर्क गर्न सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *