भाद्र ३० गते कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने

हेटौंडा, यही भाद्र ३० गते हेटौंडामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउने भएका छन् ।स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने भएको कांग्रेस मकवानपुरले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

ADVERTISEMENT

कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षा कार्यक्रम २०८१ को आयोजना गर्न लागिएको हो ।विभागले आफ्नो पहिलो कार्यक्रम बागती प्रदेशको राजधानी हेटौंडाबाट सुरु गर्न लागेको हो । हेटौंडामा हुने उक्त कार्यक्रमको तयारी सुरु भएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए ।

कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सबैलाई सहभागिको लागि निमन्त्रणा गरेको सभापति लामाले बताए । उनले कांग्रेसबाट जिल्लामा निर्वाचित २ सय जना जनप्रतिनिधिको उपस्थिति हुने बताए ।
उनका अनुसार, भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *